Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पदको बार्गेनिङ भन्ने कुरा गलत हो : कुलमान घिसिङ

पदको बार्गेनिङ भन्ने कुरा गलत हो : कुलमान घिसिङ

शनिवार , पौष २६, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पुस १४ गते लिखित सहमतिभन्दा धेरै ‘अलिखित भद्र सहमति’ भएको दाबी गरेका छन्।

रास्वपासँगको सहकार्य अन्त्य गरी उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेपछि शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफूले पद र शक्तिका लागि बार्गेनिङ गरेको भन्ने आरोप पूर्णतः गलत भएको बताएका हुन् ।

घिसिङका अनुसार पुस १४ को सहमति केवल कागजमा सीमित नभई एकीकरण प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा व्यापक समझदारी बनेको थियो।

'१४ गते एउटा भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमति पनि धेरै थिए,' उनले भने, 'एकीकरण प्रक्रियालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा धेरै अलिखित सहमति थिए। त्यसमा हाम्रो तर्फबाट कुनै ठूलो किसिमको माग थिएन, छिटोभन्दा छिटो कार्यान्वयन होस् भन्ने मात्र चाहना थियो।'

उनले मिडियामा आफूले ठूलो पद, संगठन र सत्ता हिस्सेदारीका लागि बार्गेनिङ गरेको भन्ने प्रचारलाई ‘सरासर गलत’ भन्दै अस्वीकार गरे।

'यो सहमतिको चरणमा मैले वा मेरा साथीहरूले कुनै ठूलो डिमान्ड राखेका थिएनन्,' घिसिङले भने, 'अहिले बाहिर आएजस्तो पदका लागि धेरै बार्गेनिङ गरियो भन्ने कुरा सत्य होइन।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077