Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रास्वपाले भन्यो - पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भयो

रास्वपाले भन्यो - पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भयो

शनिवार , पौष २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा)सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ ।

उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए ।

घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अरू पदाधिकारीमा पनि आफ्नो तर्फका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भंग भएका विषयमा सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए ।

पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि सहकार्य अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ ।

एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँटको प्रस्ताव आएपछि सहकार्यलाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ । 

दुई दलबीच यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र ‘मेरिटोक्रेसी’को नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077