Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गगन थापा भन्छन् - गणतन्त्रमा नेपोबेबीको राज देखेर भदौ २३ र २४ मा जनता रिसाएकै हुन्

गगन थापा भन्छन् - गणतन्त्रमा नेपोबेबीको राज देखेर भदौ २३ र २४ मा जनता रिसाएकै हुन्

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ का घटनालाई कुनै एक-दुई घटनामा सीमित गरेर हेर्न नहुने बताएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले ती दिन जनताले व्यापक असन्तोष, आक्रोश र भावनात्मक प्रतिक्रिया व्यक्त गरेको स्पष्ट पारे।

थापाले पार्टी सभापतिको अनुपस्थितिप्रति संकेत गर्दै भने, 'सभापति पनि उपस्थित भएको हेर्न चाहन्थ्यौँ, तर त्यो हुन सकेन। पार्टीभित्रको सत्ता संघर्षका कारण यहाँ को उपस्थित भयो र को भएन भन्ने बुझाइ हुन सक्छ। तर यो संघर्ष सत्ताको होइन, मूल्य र मान्यताको हो।'

उनले भदौ २३ र २४ का घटनालाई गणतन्त्रभित्र देखिएको विकृति र विसंगतिविरुद्ध जनताको सामूहिक प्रतिक्रिया भएको बताए। 'राजा फालेर ल्याएको गणतन्त्रमा पनि नेपोबेबीको राज देख्दा जनता रिसाएका हुन्,' थापाले भने, 'त्यसको भावना ती दिन सडकमा व्यक्त भयो।'

महामन्त्री थापाले ती घटनामा संलग्न दोषीले कानुनी सजाय पाउने विश्वास व्यक्त गर्दै भने, 'भदौ २३ र २४ मा भएका दोषीले सजाय पनि पाउलान्। तर त्यतिमात्रै भएको होइन। नेपालका लाखौँ लाख नरनारीले आफ्नो रिस र आक्रोश व्यक्त गरेका हुन्।'

उनका अनुसार जनताको आक्रोश सिधै सरकार र सत्ताप्रति लक्षित थियो। 'सरकारमा को थियौँ? हामी थियौँ। संसद्मा को थियौँ? हामी थियौँ,' उनले आत्मालोचनात्मक ढंगले भने, 'यो आन्दोलन भ्रष्टाचार र कुशासनसँग जोडिएको पनि थियो।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077