Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कीर्ते गरेर कर्मचारीसँगको मिलेमतोमा इन्स्योरेन्स ठग्ने प्रहरीविरुद्ध मुद्धा

कीर्ते गरेर कर्मचारीसँगको मिलेमतोमा इन्स्योरेन्स ठग्ने प्रहरीविरुद्ध मुद्धा

सोमवार , पौष २८, २०८२

काठमाडौं । कीर्ते धन्दामा संलग्न एक प्रहरीविरुद्ध मुद्दा दायर भएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार धुव्र शाहीविरुद्ध मुद्दा दायर भएको हो ।

उनले नक्कली दुर्घटनाको पत्र बनाएर कीर्ते गरी इन्स्योरेन्स ठगी धन्दामा सघाएको खुलेको छ । हरि बुढाथोकी नामक व्यक्तिले प्रहरीसँग मिलेर नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई ठगी गरेका हुन् ।

हुँदै नभएको दुर्घटनाको दुर्घटना भएको भनेर पत्र इन्स्योरेन्स कम्पनीलाई पत्राचार गरी भुक्तानी दिएर ठगी भएको थियो ।

जसमा सो इन्स्योरेन्सका कर्मचारी बिकेश कुँवरसँग मिलेर पटक पटक गरी करिब एक करोड रुपैयाँ निकालिएको थियो । त्यस्ता पत्र कीर्ते भएको खुलेपछि बानेश्वर वृत्तले नै अनुसन्धान थालेको थियो ।

जसमा प्रहरी, इन्स्योरेन्स कम्पनीका कर्मचारीसहित ३१ जनाको संलग्नता देखिएको छ । यसमा सोमबार प्रहरीले जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077