Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान प्रक्रिया भने सारियो

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान प्रक्रिया भने सारियो

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि तय गरिएको मतदान प्रक्रिया बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

समय अभावका कारण मंगलबार राति मतदान गराउने तयारी भए पनि मनोनयन दर्ता बाहेकका सम्पूर्ण निर्वाचन कार्यक्रम भोलिका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको मनोनयन दर्ता मंगलबार साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म गरिनेछ।

यसअघि मनोनयन दर्ताको समय दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको भए पनि बन्दसत्र लम्बिँदै गएपछि पटक–पटक सार्दै साँझ ५ बजे र त्यसपछि ६:३० बजे पुर्‍याइएको हो।

यसैबीच, विशेष महाधिवेशनको बन्दसत्र मंगलबार लगातार ९ घण्टाभन्दा बढी समयदेखि सञ्चालनमा छ।

चिया तथा भोजनका लागि समेत कुनै औपचारिक ‘ब्रेक’ नलिइएको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सुरुदेखि नै सक्रिय रूपमा सहभागी छन्।

कांग्रेस सचिवालयका अनुसार बन्दसत्र अझै करिब दुई घण्टा लम्बिनेछ। हलबाट उठेका सुझाव तथा धारणा समेट्दै महामन्त्रीद्वयले सम्बोधन गरेपछि मात्र आजको बन्दसत्र समापन गरिने तयारी छ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी चलिरहेको छ। नेतृत्व चयन प्रक्रियालाई लिएर पक्ष–विपक्षबीच संवाद, सहमति र रणनीतिक छलफल जारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077