Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस छाडे लगत्तै हुसैनलाई एमालेले दियो सुनसरी–४ को टिकट

कांग्रेस छाडे लगत्तै हुसैनलाई एमालेले दियो सुनसरी–४ को टिकट

सोमवार , माघ ५, २०८२

सुनसरी । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेप्रवेश गरेका अबुल हुसैन अन्सारीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्सारीलाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेका हुन् ।

यसअघि सुनसरी–४ बाट उम्मेदवार बनाइएका पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य जगदीश कुसियतलाई पार्टीले सुनसरी–२ मा सार्दै अन्सारीलाई टिकट दिएपछि स्थानीय तहमा एमालेभित्र असन्तुष्टि चुलिएको छ ।

टिकट वितरणको निर्णयप्रति असहमति जनाउँदै एमाले कार्यकर्ता अजय कुसियतलगायत नेताहरूले पार्टी नेतृत्वले गलत निर्णय गरेको गुनासो गरेका छन् ।

एमालेका अनुसार कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका अन्सारी सोमबार अध्यक्ष ओलीको निवास दुल्लुमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए ।

पार्टी प्रवेशसँगै उनलाई सुनसरी–४ को उम्मेदवारको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077