Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज माघ ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज माघ ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , माघ ६, २०८२

काठमाडौं । आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल ।

मेष

आज काम गर्ने जोशले काम सहज बन्नेछ। कर्मक्षेत्रमा आफ्नो पहिचान स्थापित हुने योग रहेको छ। आर्थिक पक्ष विचार गर्दा आय र व्यय बराबरी हुनेछ। प्रेमीसँगको रमणीय यात्राले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

बोलीमा धैर्यता र संयमता अपनाउनुहोला। अनावश्यक विवाद र झैझगडामा नपर्दा हितकर हुनेछ। शिवजीको आरधना गरेर मात्र कुनै शुभ कार्य थालनी गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

गरेको मेहनतो राम्रो प्रतिफल मिल्नेछ। नोकरीमा सम्मान पाउने योग रहेको छ। आर्थिक पक्ष मजबुत रहनेछ। सुरुवात गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

तुला

मान्यजनको आशिर्वाद लिएर उहाँहरुकै सल्लाहमा काम गर्दा फाईदा हुनेछ। आमाको स्वास्थ्यमा केही नकारात्मक असर देखिन सक्छ। आजको दिन अल्प समय भएपनि गाईको सेवा तथा गरिब दुखीहरुको सेवामा मन लगाउनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

व्यवहारलाई खुल्ला र स्पष्ट राखेर कार्य गरेमा लाभ हुनेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसर देखा पर्न सक्छ तर त्यसलाई पहिचान गर्दै एउटामा अडिग भएर कार्य गर्नुहोला। स्वास्थ्य र शिक्षाको विषय आज सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कार्यको थालनि गर्दा मनमा दोधारपना आउन सक्छ। आर्थिक अवस्था हेर्दा आज अचानक खर्चको योग पनि बनेको छ। सुरुवातमा कार्य थालनीमा झिझो लाग्ने वातावरण भएपनि मध्यान्ह पछि समय शुभ हुने योग रहेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

बृष

सामाजिक र कल्याणकारी सेवाको कार्यमा मन लाग्नेछ। गरिरहेको कार्य कायम राख्दा कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बनध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट

सोचविचार गरेर मात्र कुनै कुरामा निर्णय लिनु आजको लागि उपयुक्त हुनेछ। मानसिकतालाई मजबुत बनाएर सकारात्मक रहदै कार्य गरेमा सफलता मिल्नेछ। दाम्पत्य जीवनलाई लिएर सहकार्यको बिषयमा गहिरो छलफल गर्दा राम्रो परिणाम आँउने देखिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

पढाईलाई अझै निखार्ने समय रहेको छ।। विद्यार्थीलाई परिक्षाफलको अपेक्षित नतिजा हात लाग्नेछ। स्वास्थ्यमा केहिमात्रामा सुधार हुने सम्भावना प्रबल छ । भविष्यको चिन्ताले सताएपनि कर्ममा विश्वास राखेर काम गर्दा लाभ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

साथ दिनेहरुको कमी हुनेछैन। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट नतिजा हात लाग्नेछ। साहित्यको क्षेत्रमा विशेष झुकाव रहनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर

मनमा शान्ति र मुहारमा कान्ती रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। परिवारको माया र स्नेह अझै प्रगाढ हुने समय रहेको छ। सबैक्षेत्रमा आँटे बमोजिम कार्य सम्पन्न हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

आर्थिक रुपमा आजको दिन शुभ रहनेछ साथै नयाँ महत्त्वपूर्ण सामान जोड्ने योग रहेको छ। पढाईको क्षेत्रमा विद्यार्थीवर्गलाई मेहनतको राम्रो परिणाम मिल्नेछ। शेयर र व्यवसायमा लगानी लगाउदा लाभ हुनेछ। आज पुरै दिन हर्षमा बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077