Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज माघ ८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

आज माघ ८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

बिहिवार , माघ ८, २०८२

काठमाडौं । आज २०८२ साल माघ ८ गते बिहिबारको राशिफल ।

मेष

आज नयाँ सोच र योजनाले मन उत्साहित बनाउँछ। साथीभाइ वा समूहबाट सहयोग मिल्नेछ। काममा अलि धैर्य चाहिनेहुँदा हतार नगर्नुहोस्। व्यवहारिक निर्णय फाइदाजनक हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

आज नयाँ व्यक्तिहरुसँगको संवाद र भेटघाट सफल रहनेछ। नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ। यात्रा वा छोटो भ्रमण फलदायी हुन्छ। मन खुसी र चञ्चल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

सिंह

दाम्पत्य वा साझेदारीमा सकारात्मकता देखिन्छ। सहकार्यबाट सफलता मिल्ने दिन हो। अहंकारभन्दा समझदारी उपयोगी हुन्छ। प्रशंसा र समर्थन पाइनेछ।अजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

तुला

आज सिर्जनशीलता र प्रेम पक्ष बलियो छ। मनपर्ने काम गर्न मन लाग्नेछ। विद्यार्थीका लागि राम्रो समय रहेको छ। आनन्द र उत्साहले दिन रमाइलो बनाउँछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

आज आत्मविश्वास बढ्नेछ। बोलचाल र लेखनमा प्रभाव देखिन्छ। नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ। सकारात्मक सोचले सफलता दिलाउँछ।आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

आकस्मिक लाभ भएकाले आत्मबल उच्च छ। नयाँ सोच र परिवर्तनको चाह बढ्छ। व्यक्तित्व निखार्ने दिन हो। आफ्नो निर्णयमा विश्वास राख्नुहोस्।आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

बृष

कामकाजमा जिम्मेवारी बढ्न सक्छ। मेहनतको कदर हुने दिन हो। आर्थिक पक्ष क्रमश बलियो बन्दै जानेछ। घर परिवारसँग सन्तुलन राख्नु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

भावनामा अलि उतार चढाव आउन सक्छ। गोप्य कुरामा सतर्क रहनु राम्रो। आर्थिक लेनदेन सोच विचार गरेर गर्नुहोस्। आत्मविश्वास बढाउन ध्यान र पुजा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

दैनिक काम र स्वास्थ्यमा ध्यान दिनुहोस्। अनुशासनले राम्रो परिणाम दिन्छ। सानो मेहनतले ठूलो सन्तुष्टि मिल्नेछ। कार्यस्थलमा अरुको तपाईंमाथि विश्वास बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

घर परिवारको विषयलाई प्राथमिकता दिनुहोस्। पुराना कुरा सम्झेर मन प्रशन्न रहनेछ। धैर्य र समझदारी आवश्यक छ। आन्तरिक शान्ति खोज्ने दिन हो। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

मकर

ेआर्थिक पक्षमा सोचेर कदम चाल्नुहोस्। परिश्रमको फल ढिलो भए पनि स्थायी हुन्छ। आत्मसम्मान बढ्ने संकेत छ। व्यावहारिक निर्णय लाभदायी हुन्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

आज एकान्त मन पर्नेछ। आन्तरिक भावना बुझ्ने समय हो। अधुरो काम पूरा गर्न राम्रो दिन रहेको छ। ध्यान वा साधनाले मन हलुका हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077