काठमाडौं । आज २०८२ साल माघ १२ गते आइतबारको राशिफल ।
मेष
आज आफ्नो भावनालाई बुझ्ने मौका पाउनु हुनेछ। नयाँ सोचले काम र सम्बन्ध दुवैमा सुधार ल्याउने छ। छिटो निर्णय गर्दा भ्रम बढ्न सक्छ ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन
नयाँ विचारहरूले संवाद र अध्ययनमा फाइदा दिनेछ। मन खुला राख्दा सिर्जनात्मक समाधान मिल्ने सम्भावना रहन्छ। अनावश्यक आवेगले भ्रम ल्याउन सक्छ सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
नेतृत्व र जिम्मेवारीले अरुको ध्यान खिच्ने र प्रतिष्ठा दिने योग रहेको छ। उद्यमशील सोचले चुनौती पार गर्न सहयोग गर्नेछ। अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ संयमित रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
तुला
सम्बन्ध र मनोबल दुवैमा सुधारको अवसर आउनेछ। सौन्दर्य कला वा रचनात्मक काममा प्रेरणा बढ्नेछ। दुविधाले निर्णय ढिला पार्न सक्छ सजग रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
धनु
नयाँ सोच र ऊर्जाले मनलाई उत्साहित बनाउनेछ। भविष्यका योजना र अध्ययनमा ध्यान जान सक्छ। अधुरो कामले मानसिक दबाब बढाउन सक्छ सतर्क रहनुहोला।आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
नयाँ विचार र कल्पनाले मनलाई फराकिलो बनाउनेछ। साथीभाइसँगको संवादले हल्का ऊर्जा दिने समय रहेको छ। अनावश्यक खर्चले असन्तुलन ल्याउन सक्छ खर्च गर्दा सजग रहनुहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।
बृष
मनमा शान्ति राखेर व्यवहार गर्दा सम्बन्ध बलियो हुनेछ। सहयोग र समझदारीले चुनौती सहज हुने सम्भावना रहनेछ। आलस्यले अवसर रोक्न सक्छ तसर्थ सक्रिय रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
कर्कट
आत्मिक संवेदनशीलता बढ्ने दिन रहेको छ। मनको आवाज सुनेर काम गर्दा सफलता मिल्ने सम्भावना रहन्छ। भावनामा बगेर निर्णय गर्दा असहजता आउन सक्छ तसर्थ सजग रहनुहोला साथै ठूलाबडाको कुरा मान्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या
संगठित सोचले काम र व्यक्तिगत जीवन सन्तुलित राख्नेछ। साना प्रयासले ठूलो सन्तोष मिल्ने दिन रहेको छ। स्वास्थ्यमा बेवास्ता गर्दा कमजोरी आउन सक्छ सतर्क रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
बृश्चिक
गहिरो सोचले योजना अघि बढाउन सहयोग गर्नेछ। आत्मविश्लेषणले गलत निर्णय कम गर्ने सम्भावना होला। सन्देह र अविश्वासले मन अशान्त बनाउन सक्छ सचेत रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
मकर
कामप्रतिको समर्पणले सकारात्मक परिणाम ल्याउन सक्छ। धैर्य र नियमित प्रयासले मनलाई शान्ति दिनेछ। कुराहरु मनमै दबाउँदा तनाव बढ्न सक्छ खुलस्त पार्नेकुरामा ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मीन
भावनात्मक शक्ति र करुणा बढ्नेछ। मनको आवाज सुनेर निर्णय गर्दा सकारात्मक परिणाम आउने छ। टाउँको भारी लाग्न सक्ने भएकाले पानीको प्रशस्त सेवन गर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।