Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जेनजी आन्दोलनका सहिदको सम्झनामा संसद् भवनअगाडि दीप प्रज्वलन

जेनजी आन्दोलनका सहिदको सम्झनामा संसद् भवनअगाडि दीप प्रज्वलन

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । सहिद दिवसको अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको मुख्यद्वारमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका अभिषेक श्रेष्ठले राष्ट्रिय झण्डाको तस्वीरमा राखिएको दियो बालेर दीप प्रज्वलन कार्यक्रमको सुरुआत गरेका थिए।

शुक्रबार नयाँ बानेश्वर क्षेत्रमा नेपालको नक्सा बनाएर जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका युवाहरूको सम्मानमा दीप प्रज्वलन गरिएको हो।

‘विश्वका लागि युवा नेपाल’को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूका तस्वीरसहित उपस्थित भएका युवायुवतीहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा राज्यको दमनकारी कदमका कारण ज्यान गुमाएका युवाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077