Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रुपन्देही-३ का प्रलोपा उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीले गर्‍यो निष्कासन

रुपन्देही-३ का प्रलोपा उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीले गर्‍यो निष्कासन

शुक्रवार , माघ २३, २०८२

रुपन्देही । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गोविन्द काराखेतीलाई पार्टीले निष्कासन गरेको छ ।

पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार एक विज्ञप्ति निकालेर काराखेतीलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका हुन् ।

उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट  समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निश्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

'यस्ता क्रियाकलापले पार्टीको छविमा क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई हटाइएको हो,’ जिल्ला इन्चार्ज पंकज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले यसबारे पार्टी बैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077