Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालमा हामीभन्दा नयाँ कोही छैनन्, होहल्ला गर्नेहरू सबैभन्दा पुराना हुन् : प्रचण्ड

नेपालमा हामीभन्दा नयाँ कोही छैनन्, होहल्ला गर्नेहरू सबैभन्दा पुराना हुन् : प्रचण्ड

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय ‘नयाँ शक्ति’ का नाममा भइरहेको चर्चालाई सोसल मिडियाको होहल्ला मात्र भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भन्नेहरू वास्तवमा नयाँ नभई सबैभन्दा पुराना शक्ति भएको दाबी गरे ।

'आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् ? ती सबैभन्दा पुराना हुन्,' उनले भने, 'नयाँ केलाई भन्ने ? जसको विचार र एजेन्डा नयाँ छ, त्यही नयाँ हो । जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो ।'

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्ने काम आफ्नो पार्टीले नै गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टी नै देशको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरे ।

'आजभोलि नयाँ-नयाँ भन्नेतिर मान्छेहरूलाई सोसल मिडियामार्फत निकै होहल्ला गरिएको छ,' उनले भने, 'नेपालमा हामीभन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिस्ट पार्टी मात्रै नयाँ हो । किनकि यो गणतन्त्रको वाहक हो, संघीयताको वाहक हो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077