Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मालपानीको ८ करोडको गाडीबारे बालेनले जवाफ दिनुपर्छ : राजीव खत्री

मालपानीको ८ करोडको गाडीबारे बालेनले जवाफ दिनुपर्छ : राजीव खत्री

शनिवार , माघ २४, २०८२


काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेका राजीव खत्रीले बालेन्द्र साह (बालेन) ले चढेको गाडीको बिषयमा बालेनले नै जवाफ दिनुपर्ने बताएका छन् ।

बालेनले कर छलीमा मुछिएका गुट्खा व्यापारी कमल किशोर मालपानीको ८ करोड भन्दा बढी पर्ने ल्याण्डरोभर गाडी चढेर झापामा चुनाबी प्रचारमा हिँडेपछी बालेनमाथि सबैतिरबाट प्रश्न उठाइएको थियो ।

खत्रीले एक युटूब च्यानलसँगको अन्तर्वार्ताका क्रममा चुनावमा व्यापारीले दिएको सहयोग लिन पाइने भए पनि उनीहरुको स्वार्थ अनुसार काम गर्न नहुने उल्लेख गरेका छन् ।

उनले ८ करोडको गाडी चढेको बिषयमा बालेनलाई भेट्न नपाएको हुँदा आफुले प्रश्न सोध्न नसकेको भएपनि बालेन आफैले जवाफ दिनुपर्ने बताए ।

स्मरणीय के छ भने मालपानीले बालेनलाई चुनाबमा सहयोग गरेको उक्त गाडी १०१ प्रतिशत भन्सार छली गरेर हङकङबाट भित्राइएको हो । जुन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

 मालपानी र भारतीय नागरिक राकेश अडुकियाले नक्कली कागजपत्र खडा गरी एक सय प्रतिशत भन्दा बढी राजश्व छली गरेर आधिकारिक विक्रेता नै नलिइ ल्याण्डरोभर कम्पनीको डिफेन्डर गाडी भित्र्याउँदै आएका हुन् ।

उनीहरुले भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरुसँग सेटिङ गरी धेरै सवारीसाधनहरु कम राजश्व तिरेर भित्र्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077