Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नीशा अधिकारी भन्छिन् - जब महिला अघि सर्छ, तब देश अघि बढ्छ

नीशा अधिकारी भन्छिन् - जब महिला अघि सर्छ, तब देश अघि बढ्छ

आइतवार , माघ २५, २०८२

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं–५ मा प्रतिनिधिसभा उम्मेदवार रहेकी नीशा अधिकारीले महिलालाई अपमान गरेर लोकतन्त्र बलियो नहुने स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले अनलाइनमा आफूविरुद्ध आएका घृणात्मक र अपमानजनक टिप्पणीहरूप्रति कडा आपत्ति जनाउँदै यस्तो टिप्पणीहरू महिलाविरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिलाविरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन।’

नीशाका अनुसार यस्ता शब्दहरू शक्ति र डरबाट जन्मिएको हिंसा हुन्, जसको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिन्छ।

उनले आफूविरुद्ध आएका टिप्पणीहरू व्यक्तिगत रूपमा मात्र लक्षित नभई राजनीतिमा सक्रिय सबै महिलामाथि लक्षित रहेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘आज ममाथि आएका यस्ता टिप्पणीहरू एक्लै म माथि लक्षित छैनन्। यी सबै ती महिलामाथि लक्षित छन् जो राजनीतिमा छन्, जो नेतृत्वमा छन्, जो बोल्ने आँट गर्छन्।’

समर्थकहरूबाट प्राप्त माया, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै उनले घृणाभन्दा ठूलो शक्ति आशा र एकता भएको बताएकी छन्।

उनले भनिन्, ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन। लोकतन्त्र बलियो हुँदैन। समाज अगाडि बढ्दैन।’

नीशाले आफू चुप नलाग्ने र पछाडि नहट्ने स्पष्ट पार्दै यो लडाइँ केवल आफ्नो नभई सम्पूर्ण महिलाको अधिकार, सम्मान र बराबरीको लडाइँ भएको पनि उल्लेख गरेकी छन्।

उनले अन्त्यमा भनेकी छन्, ‘जब महिला अघि सर्छ, तब देश अघि बढ्छ !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077