Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजनीतिक गुरुकुलले भन्यो - विदेशी हस्तक्षेपको सरकार मान्य हुँदैन

राजनीतिक गुरुकुलले भन्यो - विदेशी हस्तक्षेपको सरकार मान्य हुँदैन

बिहिवार , माघ २९, २०८२

काठमाडौं । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलस्वदेशवादी अभियानले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै विदेशी एजेन्डामा निर्माण हुने सरकार स्वीकार नगर्ने स्पष्ट घोषणा गरेका छन् ।

दुवै संस्थाले देशमा बढ्दो राजनीतिक अस्थिरता, विवाद र अनिश्चितताप्रति चिन्ता व्यक्त गर्दै जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा आगामी सरकार नेपाली जनताको हितविपरीत हुने ठहर गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,'विदेशीको एजेन्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नभएको ठहर गर्दै हामी आगामीसरकारलाई स्वीकार गर्दैनौं ।'

त्यसैगरी, गत भदौ २४ गते भएका हत्या, हिंसा र आगजनीका घटनामा संलग्न योजनाकारहरूलाई कानुनी दायरामा नल्याई चुनाव गराउनु ‘चुनाव धोका’ हुने दाबी गरिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, भदौ २४ गतेको हत्याहिंसा आगजनीमा संलग्न योजनाकारहरुलाई कानुनी दायरामा नल्याई गरिनेचुनाव धोखा भएको हाम्रो ठहर हो

यसैबीच, संस्थाहरूले पूर्व प्रधानन्यायाधीशलाई वर्तमान संविधानले नचिन्ने भन्दै उनको नेतृत्वमा हुने निर्वाचन प्रक्रिया अवैध हुनेनिष्कर्ष पनि निकालेका छन् । साथै, वर्तमान सरकारलाई अपहरणकारीको संज्ञा दिँदै यसले चुनाव गराउने नैतिक तथा संवैधानिक अधिकार नराख्ने आरोप लगाइएको छ ।

विज्ञप्तिमा चुनावी परिणामले नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदानजस्तो बनाउने परिस्थिति सिर्जना भएको भन्दै यस्तो अवस्था सहन नसकिने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077