Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वकै चौथो प्रदूषित सहर

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वकै चौथो प्रदूषित सहर

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । 

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताएका छन् ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक अंक १८६ पुगेको छ ।

यससँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए । प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने गर्छ ।

१५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077