Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर पौडेल र एपीजी प्रतिनिधिमण्डलबीच भेटवार्ता, के भयो कुराकानी ?

गभर्नर पौडेल र एपीजी प्रतिनिधिमण्डलबीच भेटवार्ता, के भयो कुराकानी ?

बुधवार , जेठ ६, २०८३

काठमाडौं । नेपाल भ्रमणमा रहेको एसिया/प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का डेपुटी एक्जुकेटिभ सेक्रेटरी डेभिड श्यानन नेतृत्वको टोली र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेको एपीजी टोलीसँग भएको उक्त छलफलमा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे–लिस्ट’बाट बाहिर निकाल्ने, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

भेटमा विशेषगरी अन्तर्राष्ट्रिय सहयोग समीक्षा समूहमा गरिने रिपोर्टिङ, संस्थागत क्षमता अभिवृद्धि, जोखिममा आधारित बैंकिङ सुपरिवेक्षण तथा कानुनी–नीतिगत सुधारका विषयमा गहन छलफल भएको बताइएको छ ।

नेपाल ‘ग्रे–लिस्ट’मा परेपछि एपीजीको तर्फबाट भएको यो पहिलो औपचारिक भ्रमण भएकाले यसलाई अर्थतन्त्र र वित्तीय विश्वसनीयतासँग जोडिएको महत्त्वपूर्ण कूटनीतिक तथा प्राविधिक पहलका रूपमा हेरिएको छ ।

गभर्नर पौडेलले सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादी वित्तीयकरण नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सुझाव कार्यान्वयनमा नेपाल पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले वित्तीय पारदर्शिता, नियामकीय सुधार र बैंकिङ प्रणालीको विश्वसनीयता अभिवृद्धिमा नेपाल राष्ट्र बैंक ले तीव्र रूपमा काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077