Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज जेठ १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज जेठ १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । आज २०८३ जेठ १२ गते मंगलबारको राशिफल ।

मेष

धन लाभका नयाँ अवसर प्राप्त हुनेछन्। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्य सबल रहनेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा छिटो फलको आशाले कानुन विपरीत कार्य नगर्नुहोला। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। समयको माँग अनुसार चल्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

सिंह

कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। कार्यक्षेत्रको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। पायक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

तुला

अध्यात्म वा धार्मिक क्षेत्रमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्क बढ्नाले भविष्यमा लाभ मिल्न सक्ला। कार्य प्रारम्भ गर्नुभन्दा अघि योजना बनाएर गर्नुहोस् लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

आत्मचिन्तन वा परोपकारको भावनामा प्रवृत्त भइनेछ। सरकारी नोकरीमा कामको जिम्मेवारी बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययनमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

करियर र शिक्षा दुवै क्षेत्रमा उन्नति हुनेछ। राष्ट्रिय पदस्थका व्यक्तिहरूको साथ मिल्नेछ। संगै काम गर्ने साथीभाइहरूलाई सफलता मिल्नेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष

मन उत्साहले भरिपूर्ण रहनेछ। धन र स्वास्थ्य दुवैमा लाभ रहनेछ। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पारिवारिक कारणले मनमा निराशा वा चिन्ता रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

वैदेशिक रोजगारको अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा अवसरवादीहरूबाट सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

दिन ऊर्जावान रहनेछ। मौसमी बिमारीबाट आफूलाई बचाउनुहोस्। कार्यक्षेत्रमा नमागी कसैलाई सल्लाह नदिनुहोला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मकर

सुनेको भरमा कुनै निर्णय नलिनुहोला। अनावश्यक खर्च बढ्नाले मन तनावग्रस्त रहनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना छ। घरपरिवारसँग रमाइलो पल बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मीन

आत्मजनको साथमा रमाउने मौका मिल्नेछ। कार्यक्षेत्रमा सहकार्यबाट लाभ मिल्नेछ। राजकीयसेवारत हरुको लागि समय राम्रो रहेको छ। गृहस्थ जीवनमा चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077