काठमाडौं । सरकारले पछिल्ला दुई महिनामा गरेका मन्त्रिपरिषद्का निर्णय एकै पटक सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। गत वैशाखमा ९ वटा र जेठका ६ वटा मन्त्रिपरिषद् बैठक बसेका थिए।