Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आज असार २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आज असार २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । आज २०८३ असार २० गते शनिबारको राशिफल ।

मेष

मेहनत र अनुशासनले जीवनमा सफलता मिल्नेछ। आफ्नो जिम्मेवारी लाई बेवास्था गर्नुभन्दा निभाउने प्रयास गर्नुहोस्। आफन्तहरूको मध्य रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

व्यापार व्यवसायमा रिसाएका मित्रहरूलाई सन्तुष्ट गर्न सकिनेछ। घर परिवारसँग घुम्ने कार्यक्रम बन्नेछ। कामलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

वैदेशिक यात्राको लागि नयाँ अवसर मिल्नेछ। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला

मनमा नकारात्मक विचार आउनेछ। संकटको समयमा मित्रहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु

आर्थिक पक्षलाई व्यवस्थित गर्ने समय आएको छ। सानो बचतले पनि भविष्यमा ठूलो साथ दिन सक्छ, त्यसैले खर्च र आम्दानीबीच सन्तुलन मिलाउनु उपयुक्त हुनेछ। सोचेर चालिएको कदम लाभदायक बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

एकान्तमा बिताएको केही समय निकै उपयोगी बन्न सक्छ। मनमा अल्झिएका विषय क्रमशः स्पष्ट हुँदै जानेछन्, र त्यसपछि अगाडि बढ्ने बाटो आफैं देखिन थाल्नेछ। हतारभन्दा संयमले राम्रो साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

बृष

नोकरी वा पेशामा मिठो बोल्ने प्रयास गर्नुहोस्। छरछिमेकीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। परिवारमा सम्पत्तिलाई लिएर विवाद हुन सक्ला सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकको सल्लाह लिनुहोस्। स्वास्थ्यमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कानुनी मामलाहरू सुल्झिनेछन्। आफ्नो सामाजिक स्तर बढाउन सक्नुहुनेछ। साझेदारी व्यापारमा मनमुटावको सम्भावना रहेको छ। धैर्यले काम लिनुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

नौकरी वा पेशामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोस्। कारोबार विस्तारको योजनाहरू बन्नेछन्। प्रतिस्पर्धामा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर

आफ्नो निर्णयमा दृढ रहनुभयो भने अरूको विश्वास पनि बढ्नेछ। बीचमा केही चुनौती आए पनि धैर्य नगुमाउँदा परिस्थिति आफ्नै पक्षमा मोडिन सक्छ, त्यसैले आत्मबल कायम राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मीन

नयाँ समूह वा नयाँ वातावरणसँग जोडिने अवसर आउनेछ। फरक स्वभावका मानिससँगको चिनजानले सोचाइलाई अझ फराकिलो बनाउन मद्दत गर्नेछ त्यसैले नयाँ सम्बन्धलाई सहज रूपमा स्वीकार गर्नु राम्रो हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ५ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077