Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • लिभरपुलको कीर्तिमान

    लिभरपुलको कीर्तिमान

    अनलाइन नेपाल
  • मंगलबार, १३ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले संघर्षपूर्ण जीत निकालेको छ । खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।

    घरेलु मैदानमा भएको खेलमा नवौं मिनेटमा जर्जिनियो विज्नाल्डमले गो गर्र्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।



    वेस्टह्यामका लागि १२ औं मिनेटमा इसा डिओपले बराबरी गोल गरे । ५४ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए । पछि परेको लिभरपुलका लागि ६८ औं मिनेटमा मोहम्मद सालहले बराबरी गोल गरे भने ८१ औँ मिनेटमा सादियो मानेले गोल गरेपछि लिभरपुल ३–२ ले विजयी भयो ।

    लिभरपुलले प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ । उसले पछिल्ला १८ खेलमा लगातार जित निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार