Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिभरपुलको कीर्तिमान

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले संघर्षपूर्ण जीत निकालेको छ । खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा नवौं मिनेटमा जर्जिनियो विज्नाल्डमले गो गर्र्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

वेस्टह्यामका लागि १२ औं मिनेटमा इसा डिओपले बराबरी गोल गरे । ५४ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए । पछि परेको लिभरपुलका लागि ६८ औं मिनेटमा मोहम्मद सालहले बराबरी गोल गरे भने ८१ औँ मिनेटमा सादियो मानेले गोल गरेपछि लिभरपुल ३–२ ले विजयी भयो ।

[insert page='154' display='yopanipadhnuhos.php']

लिभरपुलले प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ । उसले पछिल्ला १८ खेलमा लगातार जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077