Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१९ तोला सुनसहित दुई युवा पक्राउ

महेश सिंह 

सिरहा । लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवक सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोटरसाइकलमा सवार लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतीउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजा रहेका छन्।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको अधारमा उनीहरुलाई पक्राउ गरेको हो। टोलीले को. ३८ प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १९ तोला सुन बरामद गरेको हो।

४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइएको अबस्थामा मोटरसाइकल र सुनसहित पक्राउ गरी सिरहाको ठाडी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077