Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो सुझाव

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका पूर्वप्रवक्ताको प्रवक्ता नबन्न सुझाव दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको अडियो बाहिरिएसँगै राजिनामा दिएर बस्दा समेत पूर्व सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाको बचाउ गरेको भन्दै शर्माले प्रधानमन्त्री ओलीलाई पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबन्न सुझाव दिएका हुन् ।

शर्माले आज एक ट्वीट गर्दै भनेका छन्–‘सम्माननिय @PM_Nepal लाई ‘सुझाव पत्र’
पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !
अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ ‘अडियो’ को प्राविधिक परिक्षणसम्म यहाँले नै ??

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वागमती प्रदेश कमिटीले बिहीबार काठमाडौैंमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले बास्कोटा प्रकरणमा स्पष्टीकरण दिँदै ‘अनाडी’ मान्छेले अनधिकृत तरिकाले टेप गरेर सुनियोजित रूपमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

उनले भनेका थिए–‘अनाडीले अनधिकृत रूपमा टेप गरेछ । उहाँले (गोकुल बाँस्कोटा) ले त्यो मेरो आवाज पनि होइन । मलाई थाहा छैन भनिसक्नु भएको छ । प्रमाणित हुँदै जाला । तैपनि प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । अहिले पनि मेरो आवाज होइन भनिराख्नुभएको छ । सत्यतथ्य उहाँले नै भन्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077