Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने छुट छैन : आईजीपी

पोखरा । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले व्यवसायीक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरीको उद्दश्यले सार्थकता पाउने बताएका छन् ।

अब हरेक प्रहरी कर्मचारीले आफूलाई समय सापेक्ष कार्य दक्षता एवं असल आचरणयुकक्त बनाउननु पर्नेमा उनको जोड थियो ।

समयको परिवर्तन संगै आम नागरिकको प्रहरीप्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको भन्दै आईजीपी ज्ञवालीले प्रहरीले पनि नागरिकप्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न निर्देशन दिए ।

आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सभाहलमा प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै आईजीपी ज्ञवालीले मानव अधिकारको संरक्षण एवं प्रवर्द्धनका विषयमा बोल्दै प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग भएकाले कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने छुट नभएको स्पष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख लगायत गण्डकी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077