Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पौडेल र सिटौलालाई पेले देउवाले, सात वटा विभागको संयोजक यसरी तोके

    पौडेल र सिटौलालाई पेले देउवाले, सात वटा विभागको संयोजक यसरी तोके

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिरोध गर्दा गर्दै  कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटा विभागको संयोजकहरू तोकेका छन् । सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर सात वटा विभागका संयोजकहरू तोकेका हुन् ।

    सभापति देउवाले केन्द्रीय सदस्य एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिए ।



    अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभागको जिम्मेवारी दिएका छन् ।



    केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।

    बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिएका छन् ।

    सभापति देउवाले हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन् । यसअघि सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरिसकेका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग गठनको विरोध गर्दै आएको छ । उनले पैसा खाएर देउवाले नियुक्ती गरेको आरोप लगाएका थिए। नेता कृष्णप्रसाद सिटौलाले विभाग गठनमा सहमति जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार