Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । सघीय संसद, राष्ट्रियसभामा ६ बर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ जना सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई सघीय संसद भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाए ।

सपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का २ सदस्य छन् । सपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिह, मृगेन्द्रकुमार सिह यादव, गंगाकुमारी बेल्बासे र वेदुराम भूषाल छन् ।

नव निर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा विसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै सपथ लिएका छन् ।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापन समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077