Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टिपर चालकले पुलिसलाई घुस दिन खोजेपछि…

    टिपर चालकले पुलिसलाई घुस दिन खोजेपछि…

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । काभ्रेबाट काठमाडौंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिन खोजेपछि टिपर चालक पक्राउ परेका छन् ।

    नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीबाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी साँगामा कार्यरत प्रहरी हवलदार दिपेन्द्र कार्कीले बिहान ५३० को समयमा कागजपत्र मागेका थिए ।



    रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षकलाई जाहेरी गरेका थिए ।



    प्रहरी सहायक निरीक्षक आउने बितिक्कै चालक सरोज तामाङले ५ सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार थापाको भनाई छ । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार