Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने

    कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव गरेका छन् । कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने उनले बताए ।

    उक्त इमेर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने उनले जनाए । यसका लागि कुटनीतिक रुपमा अघि बढ्ने बताए ।



    चिकित्सक तथा स्वास्थ्य उपकरणहरु भारतले तयार गरिरहेको उनले बताए । कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने,‘सहकार्य गरेर अघि बढ्न जरुरी छ, चिकित्सकहरुका लागि अनलाइन ट्रेनिङ क्यापसुलहरु पनि स्थापना गर्न आवश्यक छ ।’



    सार्कका मुलुकहरुका लागि हेल्थ सफ्टवेयर बनाइएको र कमन रिसर्च प्लाटफर्म बनाउन मोदीले सार्क राष्ट्रका प्रमुखहरुसँग प्रस्ताव गरे । भारतीय मेडिकल रिसर्च काउन्सीलले निश्चित क्षेत्रमा समन्यव गर्न सक्ने उनले बताए । त्यसअघि सार्कका सबै राष्ट्रका प्रमुख तथा प्रतिनिधिले कोरोना संक्रमण विरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार