Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘कोरोना भाइरसविरुद्ध सबै मिलेर अघि बढौं’

    ‘कोरोना भाइरसविरुद्ध सबै मिलेर अघि बढौं’

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

    कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकमा विश्व जनसंख्याको ५ भागको १ भाग जनसंख्या रहेको र यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेकाले जोखिमको सम्भावना अधिक रहेको बताएका हुन् ।



    भारतीय प्रधानमन्त्री मोदीले भने,‘सहकार्य गरेर अघि बढ्न जरुरी छ, चिकित्सकहरुका लागि अनलाइन ट्रेनिङ क्यापसुलहरु पनि स्थापना गर्न आवश्यक छ।’



    उनले विश्वका विभिन्न मुलुकमा रहेका नागरिकहरुलाई स्वदेश फर्काएको बताए । कन्फरेन्समा छिमेकी नागरिकहरुलाई पनि स्वदेश फर्काएको बताए । उनले भने, ‘विदेशमा रहेका हाम्रा मोबाइल टोली कोरोना भाइरसको संक्रमण रोक्न खटिएका छन् । हाम्रो प्रयासका बावजुद यो प्रकोपले कुन धारण गर्छ भन्ने हामीलाई थाहा छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार