Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाकाे महामारी: साढे १४ हजार बढीको मृत्यु, १ सय ८६ देशमा संक्रमण

    कोरोनाकाे महामारी: साढे १४ हजार बढीको मृत्यु, १ सय ८६ देशमा संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वभरमा साढे १४ हजार बढीले ज्यान गुमाएका छन्। त्यस्तै संसारको १ सय ८६ भन्दा बढी देशमा याे भाइरस फैलिसकेकाे अन्तराष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन्।

    यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । यो संक्रमणको सुरुवात चीनबाट सुरु भएपनि मृत्युको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै प्रभावित देश हो । आइतबार यहाँ ६ सय ५१ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।



    यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् ।



    भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित पाइएका छन् । संक्रमण रोक्नका लागि भारतका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन लागू गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार