Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनमा काराेनाकाे कहर : सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

    चीनमा काराेनाकाे कहर : सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । चीनको सांघाईमा काेराेना भाइरसबाट बुधबार थप सात जनाको मृत्यु भएको छ ।

    योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।



    यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।



    तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

    महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ । यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार