Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरसविरुद्द भारतीय सेनाले थाल्यो ‘अपरेसन नमस्ते’

    कोरोना भाइरसविरुद्द भारतीय सेनाले थाल्यो ‘अपरेसन नमस्ते’

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी। विश्वभर फैलंदै गएको कोरोना भाइरस नियन्त्रणका लागि भारतीय सेनाले अभियान शुरु गरेको छ  । भारतीय सेनाले ‘अपरेसन नमस्ते’को अभियान सुरु गरेको समाचारमा जनाइएको छ ।

    ‘अपरेसन नमस्ते’ अभियानको घोषणा गर्दै भारतीय प्रधानसेनापती मुकुन्द नरवाणेले भनेका छन्, ‘विगतमा पनि हाम्रो सेनाले यस्ता अभियान सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अपरेसन नमस्तेले पनि त्यही सफलता पाउनेमा आशावादी छु ।’
    भारतमा सेनाले कोरोना नियन्त्रणका लागि ८ वटा क्वारेन्टाइन केन्द्र स्थापना गरेको छ ।



    कोरानाबाट भारतमा शुक्रबार दिउँसोसम्म ७ सय ५३ जना संक्रमित भइसकेका छन् भने १७ जना जनाले ज्यान गुमाइसकेका छन् ।



    भारतमा ६७ जना भने यो भाइरसको संक्रमणबाट निको भइसकेका छन् । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १९९ देशमा फैलिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार