Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अष्ट्रेलिया चाटर्डमा संलग्न भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं। नेपाल बायुसेवा निगमको अष्ट्रेलिया चाटर्डमा भएको भ्रष्टाचारको छानविन गरी दोशीलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

निगमको जहाज डाइरेक्ट चाटर्ड गरी लाने भनिएपनि निगमको नेतृत्वले बोन ट्राभल्स नामक तेस्रो पक्षलाई घुसाई कानुन विपरित ४५ लाख रुपैयाँ कमिसन खाई निगमलाई घाटा पुर्याउने काम गरेका थिए ।

सो प्रकरणको सक्कल कागज नेपाल वायुसेवा निगमबाट जफत गरी आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

नागरिक अनुसन्धान व्युरोका प्रमुख युवराज सफलले हालेको उजुरीमा भनिएको छ - यो प्रकरणमा जोडिएका नेपाल वायुसेवा निगमका पदाधिकारी तथा संचालक ,अप्रेशन विभाग निर्देशक दिपुराज ज्वारचन ,निगम वाणिज्य विभाग प्रमुख टंकनिधि दाहाल , बोन ट्राभल्सका संचालक ,साथै संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सोही मन्त्रालयका सचिव लगायतले समेत यत्रो अनियमितता हुँदा कारवाही नगरी चुप बसेको तथा यसप्रति खासै छानविनको लागि समेत औपचारिक कदम नचालेको हुँदा मतियारको रुपमा सहयोग गरेको कारण निजहरु उपर समेत अनुसन्धान गरी गैरकानुनी रुपमा कमिसनको नाममा लिइएको भनिएको ४५ लाख नेपाल वायुसेवा निगमकै खातामा आउने गरी आवश्यक कार्य गर्न यो निवेदन पेश गरेको छु ।'

अस्ट्रेलियन दूतावासले जहाज सीधै चार्टर्ड गरेकोमा निगम नेतृत्वले बीचमा बोन ट्राभल्सलाई घुसाएर मिलेमतोमा कमिसन खाएको खाएको सार्वजनिक भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077