Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • हेटौंडामा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ

    हेटौंडामा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । हेटौंडा उपमहानगरपालिका –१० स्थित कोरोना परीक्षण प्रयोगशालामा भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।



    हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार