Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोनाको अवस्था पत्ता लगाउन ७७ वटै जिल्लाको सेरो प्रिभिलेन्स सर्भे गरिंदै

    कोरोनाको अवस्था पत्ता लगाउन ७७ वटै जिल्लाको सेरो प्रिभिलेन्स सर्भे गरिंदै

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पछिल्लो अवस्थाबारे अध्ययन गर्न सरकारले ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्भेका लागि प्रक्रिया सुरु भइसकेको जनाएको छ । उक्त परीक्षणपछि आगामी दिनमा कोरोना संक्रमणसँग कसरी जुध्न किन्छ भनेर रणनीतिक योजना बनाउन सजिलो हुने मन्त्रालयको दावी छ ।

    सेरो प्रिभिलेन्स सर्भे’का क्रममा देशभरका ७७ जिल्लामै पुगेर १३ हजार नमुना संकलन गरिने छ । जसमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रीय तथ्यांक विभागको सहभागिता रहने सर्वेक्षणको नेतृत्व मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि प्राविधिक एवं आर्थिक सहयोग भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताए ।



    सर्वेक्षणका क्रममा फिल्डमा पुगेका प्राविधिकले सहभागीसँग प्रश्नहरु सोध्ने, एक्स्पोजरको हिस्ट्री लिने, भ्याक्सिन लिए नलिएको जानकारी लिने गर्नेछन् भने रगत परीक्षण गरेर एन्टिबडी विकास भए÷नभएको हेरिन्छ ।



    यस सर्वेक्षणले कति जनसंख्यामा संक्रमण देखियो ? कति जनसंख्या एक्स्पोज हुन बाँकी रहेछ?रु खोप लगाएकामा कस्तो प्रभावकारिता देखियो ? संक्रमण कुन क्षेत्रमा बढी रहेछ ? जोखिम क्षेत्र कुन रहेछ ? लगायतका जानकारी आउने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार