Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपभोक्ता समितिका अध्यक्ष घुससहित पक्राउ

काठमाडौं । ५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएकाे टाेलीले सामुदायिक वन उपभोक्ता समिति उदासिपुर कैलालीका अध्यक्ष बिर्ख धामीलाई पक्राउ गरेकाे हाे।

धामीलाई ५० हजार घुससहित पक्राउ गरिएकाे अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

उनका अनुसार कैलाली गौरीसंगा नगरपालिका १० का धामीलाई सेवाग्राहीको घरायसी झगडासम्बन्धी उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलोमतोमा दु:ख दिइ सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा बिहीबार पक्राउ हाे।

अख्तियारको टोलीले गौरीगंगा नगरपालिका ८स्थित बढैपुर बजारबाट प्रक्राउ गरिएका धामीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077