Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीले अख्तियार प्रमुखसँग वार्ता गरेपछि प्रचण्ड र नेपाललाई झट्का !

काठमाडौं । आफ्नै पार्टीभित्र कमजोर बनेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राती अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई बालुवाटार बोलाएर भेटवार्ता गरेपछि तरंग मच्चिएको छ।

नियमत:सीमित सार्वजनिक समारोह र वैठकहरु बाहेक अन्य ब्यक्तिगत रुपमा संवैधानिक अंगका प्रमुख र कार्यपालिका प्रुमखवीच भेटवार्ता गर्न मिल्दैन ।

तर, प्रधानमन्त्री ओलीले भने कार्यलय समय भन्दा वाहिर, त्यसमा पनि रातमा संवैधानिक अंगका प्रमुखहरुलाई वालुवाटार बोलाएर गोप्य वार्ता गरेपछि नेकपाकै नेताहरुले संकास्पद रुपमा लिएका छन् । ओलीले अख्तियार प्रमुखलाई भेटेको कुरा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले समेत आफ्नो फेसबुक पेजबाट पोस्ट गरेका थिए।

ओलीको यो शैलीलाई आफनै पार्टी नेताहरुलाई तर्साउने,धम्काउने र मैदान खाली गरेर आफले पार्टी कब्जा गर्ने नियोजित योजनाका साथ षडयन्त्रका रुपमा लिइएको छ ।

ओलीलाई अहिले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपालले चुनौति दिईरहेका छन् । उनीहरुले ओलीको पार्टी र सरकार सञ्चालनमा देखिएको स्वेच्छाचारी र निरंकुश शैलीको विरोधमा आवाज उठाएपछि ओली धम्काउने /तर्साउने फोहोरी राजनीतिको साहरा लिन लागिपरेको नेकपाकै नेताहरुले वताउन थालिसकेका छन्।

अख्तियारमा माओवादीको लडाकु शिबिरको भष्टाचार काण्ड बिचाराधिन अवस्थामा छ भने ललितानिवास प्रकरणमा वरिष्ठ नेता माधव नेपाललाई चोख्याइएको यसअघि समाचार आएका थिए।

ओलीमाथि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई भष्टाचार मुद्दामा फसाएर पार्टी कब्जा गर्न खोजेको आरोप लागेको छ। यसअघि पनि  उनका गतिविधि शंकास्पद नै देखिएका थिए।

सोमबार मात्रै उनले प्रधानन्यायधिस चोलेन्द्र सम्शेर राणालाई आफनो निवासमा बोलाएर मध्यरात पौने १ बजेसम्म भेटवार्ता गरेको समाचार पनि वाहिर आएको थियो। ओलीको पार्टी नेताहरु तर्साउने रणनीति कति सफल होला ?समयक्रमले नै देखाउला।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077