Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज कोरोना पुष्टि भएका वीरगञ्जका पुरुषको नेगेटिभ आएको थियो र्यापिड टेष्ट

    आज कोरोना पुष्टि भएका वीरगञ्जका पुरुषको नेगेटिभ आएको थियो र्यापिड टेष्ट

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । आज मात्रै नेपालमा १६ जना कोरोना संक्रमित थपिए । केही बेर अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना पोजेटिभ देखिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।

    त्यसका केही बेर पछि नै भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्रोतको दावी छ ।



    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आजै कोरोना संक्रमण पुष्टि भएका वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरूषको यस अघि गरिएको र्यापिड टेष्ट नेगेटिभ देखिएको थियो ।



    तरm आइतबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रमा गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

    उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। यसअघि वीरगन्जमा भारतीय नागरिकहरूमा संक्रमण देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार