Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा पहिलो पटक ७ वर्षका बच्चामा कोरोना पुष्टि

    नेपालमा पहिलो पटक ७ वर्षका बच्चामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालमा आइतबार(आज) मात्रै १६ जना नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केहि बेर अघिको नियमित पत्रकार सम्मेलनमा १० जना कोरोना संक्रमित थपिएको र जम्मा संक्रमितको संख्या ६९ पुगेको जनाएको थियो । जसमा नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जनामा देखिएको बताइएको थियो ।



    तर, त्यसको केही बेर पछि नै नेपागञ्जकै ६ जनामा कोरोना पुष्टि भएको हो । आज कारोना पुष्टि भएका मध्ये १ जना भने ७ वर्षिया बालक हुन् ।



    यद्यपी मन्त्रालयले भने ती ७ वर्षीय बालक वा बालिका को हुन् भन्ने बारेमा खुलाएको छैन । यसअघि सबैभन्दा कम उमेरकोमा कोरोना संक्रमण देखिएको भनेको जनकपुरका १४ वर्षीय बालक हुन् ।

    नेपालमा हालसम्मको तथ्यांक हेर्दा सबैभन्दा कम उमेर नेपालगञ्जका ७ वर्षका विरामी र सबैभन्दा बढी उमेर पेप्सीकोलाकी ८१ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको छ । तर, ति बृद्धा भने ११ दिनमै निको भएर घर फर्किसकेकी छिन् ।

    विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्कअनुसार अहिलेसम्म कोभिड–१९ बाट ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छैन । कोभिड–१९ को संक्रमणको जोखिम ८० वर्षभन्दा माथिका व्यक्तिमा देखिएको छ ।

    अहिलसम्म नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १६ रहेको छ । तर, यसअघि निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय युवकलाई भने रिपोर्ट शंकास्पद देखिएपछि पुनः नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार