Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना कहर : भारतमा मृत्युदर र नेपालमा संक्रमितकाे संख्या ह्वात्तै बढ्यो

    कोरोना कहर : भारतमा मृत्युदर र नेपालमा संक्रमितकाे संख्या ह्वात्तै बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या १०० नाघेको छ ।

    पछिल्ला दिनमा भारतमा दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढीरहेको छ भने नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ । आजै मात्र नेपालमा १६ जना संक्रमित थपिएका हुन् । जसमध्ये १५ जना नेपालगञ्ज र १ जना वीरगञ्जका रहेका छन् ।



    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ भने १६ जना निको भएर घर फर्केका छन् । आजको तथ्यांकले भारत र नेपालमा कोरोनाको अब भने महामारीको रुप लिने अनुमान लगाउन सकिन्छ ।



    हालसम्म ३९ हजार ६ सय ९९ जना संक्रमित देखिएको भारतमा १ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घन्टामा मात्र एक सय जनाको ज्यान गएको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ ।

    हालसम्म विश्वभर संक्रमितको संख्या ३४ लाख ८१ हजार १ सय ६२ पुगेका छन् भने हालसम्म मृतकको संख्या २ लाख ४४ हजार ६ सय ६० पुगेको छ ।

    जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा ११ लाख ६० हजार ५ सय ८५ जना संक्रमित छन् भने ६७ हजार ४ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८८ ले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार