Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकै शक्तिशाली देशहरु, जसलाई कोरोनासँग लड्न सकस परिरहेको छ

    विश्वकै शक्तिशाली देशहरु, जसलाई कोरोनासँग लड्न सकस परिरहेको छ

    कुमार भण्डारी
  • सोमबार, २२ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनबाट महामारीकाे रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण आज विहान ७ बजे ७ बजेसम्म  २ लाख ४८ हजार २ सय ४१ जनाले बढिले ज्यान गुमाइसके भने ३५ लाख ६५ हजार १ सय १० जना संक्रमित भएका छन् ।

    कोरोना शुरु भएको चीनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ज्यादै न्यून हुँदै गएपनि शक्तिशाली मानिएका अमेरिका, इटाली, स्पेन, फ्रन्स, रुस, भारत, टर्की जस्ता देशहरुमा भने अझै बढ्नेक्रम जारी छ ।



    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार विश्वकै सबैभन्दा शक्तिशाली सेना भएको ९ देश भित्र पर्दछन् अमेरिका, चीन, फ्रान्स र भारत ।



    हतियार र सुरक्षाको दृष्टिकोणमा यी देशहरुले आफूले आफूलाई शक्तिशाली दावी गरिरहँदा उनीहरूलाइ कोरोनासँग जुध्न भने हम्मेहम्मे परिरहेको छ ।

    वल्र्डमिटरको आज विहानको तथ्यांकअनुसार हालसम्म विश्वमा ३५ लाख ६५ हजार १ सय १० जना संक्रमित देखिएकोमा २ लाख ४८ हजार २ सय ४१ जनाको मृत्यु भएको छ भने ११ लाख ५३ हजार ९ सय १२ जना उपचारपछि घर फर्केका छन् ।

    यो तथ्यांकमा नेपालका पनि ७५ जना कोरोना संक्रमित समेटिएका छन् । ६३ हजार १ सय २ जनाको नमूना परिक्षण गरिएको नेपालमा ७५ जना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

    संसारका सबैभन्दा बढी काेराेना संक्रमित र मृत्यू हुने ११ वटा देशहरु यस प्रकार छन् ।

    अमेरिकाः
    अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा धेरै संक्रमित हुने देश हो । हालसम्म अमेरिकामा ११ लाख ८८ हजार १ सय २२ जना संक्रमित देखिएका छन् भने ६८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी अमेरिकामा हालसम्म ७१ लाख ९६ हजार ७ सय ४० जनाको परिक्षण गरिएको जनाइएको छ । जसमध्ये हालसम्म १ लाख ७८ हजार २ सय ६३ जना उपचार पछि घर फर्किसकेका छन् ।

    स्पेनः
    कोरोनाका कारण मृत्यु हुनेको संख्यामा तेस्रो स्थानमा रहे पनि संक्रमितको संख्यामा स्पेन दोस्रो स्थानमा रहेको छ । हालसम्म स्पेनमा २ लाख ४७ हजार १ सय २२ जनालाई कोरोना संक्रमण देखिएको छ भने हालसम्म २५ हजार २ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।

    स्पेनमा अहिलेसम्म १९ लाख ३२ हजार ४ सय ५५ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये १ लाख ४८ हजार ५ सय ५८ जना निको भएर घर फर्केका छन् ।

    इटालीः
    कोरोनाका कारण ज्यान गुमाउनेको संख्याका आधारमा दोस्रो स्थानमा रहेको इटाली संक्रमितको संख्याको आधारमा भने तेस्रो स्थानमा छ । इटालीमा हालसम्म २ लाख १० हजार ७ सय १७ जना संक्रमित देखिएका छन् । जसमध्ये ८१ हजार ६ सय ५४ जना निको भएर घर फर्किसकेका छन् भने २८ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ ।

    इटालीमा हालसम्म २१ लाख ५३ हजार ७ सय ७२ जनाको परिक्षण गरिएको छ ।

    बेलायतः
    पछिल्लो दिनमा कोरोनाका कारण अत्याधिक मृतकको संख्या बढीरहेको बेलायतमा आजसम्म २८ हजार ४ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

    मृतक संख्याको आधारमा चौथो स्थानमा रहेको बेलायतमा मृत्युदर बढिरहँदा इटालिलाई पनि जित्ने देखिन्छ ।

    बेलायतमा हालसम्म १२ लाख ६ हजार ४ सय ५ जनालाई कोरोना परिक्षण गरिएको जनाइएको छ ।

    फ्रान्सः
    कोरोनाबाट संक्रमितको संख्यामा विश्वका टप पाँचभित्र परेको फ्रान्समा आज सम्म १ लाख ६८ हजार ६ सय ९३ जना संक्रमित देखिएकोमा २४ हजार ८ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

    फ्रान्समा हालसम्म ११ लाख २ सय २८ जनाको परिक्षण गरिएको जनाइएको छ ।

    जर्मनी
    कोरोनाका कारण ज्यान गुमाउनेको संख्याका आधारमा छैटौं स्थानमा रहेको जर्मनीमा हालसम्म १ लाख ६५ हजार ६ सय ६४ जना संक्रमित देखिएका छन् ।

    जसमध्ये ६ हजार ८ सय ६६ जनाले ज्यान गुमाए भने निको भएर घर फर्कनेको संख्या १ लाख ३० हजार ६ सय रहेको छ ।

    जर्मनीमामा हालसम्म २५ लाख ४७ हजार ५२ जनाको परिक्षण गरिएको जनाइएको छ ।

    त्यसैगरी संक्रमित संख्याको आधारमा सातौ, आठौं, नवौं, दशौं र एघारौं नम्बरमा क्रमशः रसिया, टर्की, ब्राजिल, इरान र चीन रहेको छ ।

    कोरोना शुरु भएको चीनमा ८२ हजार ८ सय ८० जना कोरोना संक्रमित भेटिएका छन् भने मृतकको संख्या जम्मा ४ हजार ६ सय ३३ मात्र रहेको छ ।

    त्यसैगरी रसियामा संक्रमितको संख्या १ लाख ३४ हजार ६ सय ७८ र मृतकको संख्या १ हजार २ सय ८० रहेको छ ।

    आठौं नम्बरमा परको टर्कीमा हालसम्म १२ लाख ६ हजार ४५ जना संक्रमित रहेकोमा ३ हजार ३ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

    तर, नवौं नम्बरमा रहेको ब्राजिलमा भने मृतकको संख्या छैटौं नम्बरमा रहेको जर्मनीको भन्दा बढि छ । १ लाख १ हजार १ सय ४७ जना संक्रमित रहेको ब्राजिलमा ७ हजार २५ जनाले ज्यान गुमाइसकेका छन् ।

    त्यस्तै दशौं स्थानमा रहेको इरानमा ९७ हजार ४ सय २४ जना कोरोना संक्रमित रहेकोमा ६ हजार २ सय ३ जनाले ज्यान गुमाएका छन् ।

    चीनबाट सुरु भएको कोरोना भाइरसका कारण पछिल्ला दिनमा चीनमा भने संक्रमण ज्यादै न्यून रुपमा देखिएको छ ।

    पछिल्ला दिनमा नेपालको छिमेकी मुलुक भारतमा संक्रमण एक्कासी बढ्न थालेको छ ।

    संक्रमितको संख्याको आधारमा भारत पन्ध्राैं स्थानमा परेको छ । भारतमा हालसम्म ४२ हजार ५ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ३ सय ९१ जनाले ज्यान गुमाएका छन् । १ लाख ४६ हजार ४ सय ५० जनाको नमुना परिक्षण गरिएको भारतमा ११ हजार ७ सय ७५ जना निको भएर घर फर्केका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार