Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकै दिन ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २७ पुग्यो

    एकै दिन ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २७ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलदै गए पनि निको हुनेको संख्या पनि बढिरहेको छ ।

    आज मात्रै विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७ पुगेको छ ।



    कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।



    कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

    यद्यपी कोरोना निको भएका तीन जनालाई भने पुनः कोरोनाको संक्रमण देखा परेको छ ।

    नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार