Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लकडाउनमा अपराध: बौद्धमा मूर्ति चाेर्ने पक्राउ

काठमाडाैँ। पछिल्ला दिनहरूमा काेराेना भाइरस संक्रमितकाे संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनमा थप कडाइ गरेकाे छ । साेही लकडाउनकाे अवधिमा बौद्धमा मूर्ति चाेर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सुजन तामाङ र पृथ्बी बि.क रहेका छन्। बुधबार गोकर्णेश्‍वर नगरपालिका वडा नं.८ आनन्दनगर स्थित रहेको आनन्द गणेश मन्दिरको ताला फोडी नगद तथा मुर्ति चोरी गरेको अभियाेगमा उनीहरूलाइ पक्राउ गरिएकाे महानगरीय प्रहरी परीसरका प्रवक्ता साेमेन्द्र सिंह राठाैरले बताए।

उनका अनुसार विशेष सूचनाकाे आधारमा उनीहरूलाइ बालगोपालको मुर्ति र ताला फोड्ने औजारसहित पक्राउ गरिएकाे हाे। उनीहरूलाइ आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्धमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077