Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हिंसामा १४ जना सैनिकको मृत्यु

    हिंसामा १४ जना सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो घटना भएको हो ।

    यमनको दक्षिणी क्षेत्रलाई अलग्याउने उद्देश्यसाथ लडिरहेको साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटिसी) समर्थित पृथकतावादी फौजले सरकार समर्थित फौजको डटेर सामना गरिरहेको जनाएको छ । सरकारी फौजले दक्षिणको मुख्य शहर एडेनबाट करिब ६० किलोमिटर दक्षिणस्थित जिन्जिबारको बाहिरी इलाकालाई लक्षित गरी आक्रमण गरिरहेको छ ।



    एक जना सरकारी सैन्य अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई आफ्ना तर्फका १४ जना लडाकू मारिएको बताउनुभयो ।



    सरकारी सैनिक मारिएको बारेमा पृथकतावादी सैनिक स्रोतले पनि पुष्टि गरेको छ । उनीहरुले सरकार समर्थित ४० जना सैनिकलाई कब्जामा लिनुका साथै ठूलो परिमाणमा हातहतियार बरामद गरेको बताएका छन् ।

    पृथकतावादी एक जना कमान्डरले सरकारी फौज जिन्जिबार नगरको भित्री भागमा पस्न नसकेको जानकारी दिनुभयो ।

    गत अप्रिल २६ मा यमनको दक्षिणी क्षेत्रलाई पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछिको यो पहिलो भिडन्त हो ।

    दक्षिणी क्षेत्रमा शुरु भएको भिडन्तले राजधानी साना सहित उत्तरी क्षेत्रमा कब्जा जमाएको इरान समर्थिक हुथी विद्रोही र साउदी अरेबिया समर्थित सरकारबीच जारी भिडन्तलाई थप जटिल बनाएको छ ।

    सरकार र दक्षिणमा सक्रिय एसटिसी प्राविधिक रुपमा हुथी विरुद्धको लामो युद्धमा सँगै छन् । तर पृथकतावादी समूह एसटिसी र साउदी समर्थित सरकारबीच पुनः फाटो आएको छ ।

    सरकार र एसटिसीबीच गत नोभेम्बरमा रियादमा भएको युद्धविराम र सत्ता सहभागिता सम्बन्धी सम्झौतालाई सरकारले उल्लंघन गरेको भन्दै एसटिसी उक्त सम्झौताबाट अलग्गिएको छ ।

    विगत छ वर्षदेखि जारी गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबारविहीन भएका छन् । संयुक्त राष्ट्रसंघले यमनको गृहयुद्ध सर्वाधिक दर्दनाक मानवीय संकटपूर्ण घटना भन्दै आएको छ । (रासस–एएफपी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार