Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

    मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 732
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएको हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

    अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा ८ जनाको मृत्यु भएको हो ।



    पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।



    त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ ।

    त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार