Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विदेशमा भएकालाई ल्याएर कोरोना फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा सरकार छैन : प्रधानमन्त्री ओली

    विदेशमा भएकालाई ल्याएर कोरोना फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा सरकार छैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार विदेशमा रहेका नेपालीहरुलाई ह्वारह्वारी ल्याएरने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

    विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने–‘यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो होइन । कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार लाख ल्याउनु एउटै होइन ।’



    सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।’



    कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुखलगायतसँग कुराकानी भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले समस्यामा परेका नेपाली नागरिकहरूलाई कसरी ल्याउने भन्ने बारेमा अध्ययन भइरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार