Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोनाका तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका भन्दै सामाजिक दूरी कायम गर्न प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

    कोरोनाका तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका भन्दै सामाजिक दूरी कायम गर्न प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महामारी नियन्त्रण गर्ने सबभन्दा ठूलो आशा भनेकै खोप हो भन्दै खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

    शनिबार एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक क्षेत्र, निजी क्षेत्र, गैर सरकारी क्षेत्रलाई समेत भिडभाड हुने कार्यक्रम नगर्न उनले सुझाएका छन्।



    यसअघि अनलाईन नेपालले ‘खोपकै कारण बढ्दैछ काठमाडौंमा कोरोनाको जोखिम’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।



    भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन्।

    उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’

    बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्। उनले भने–‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं। स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालना गरौं ।’

    यस्तो छ प्रधानमन्त्री देउवाको भिडियो सन्देश

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार