Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काेराेना कहर: विदेशी नागरिकलाई जापान प्रवेशमा फेरि प्रतिबन्ध

    काेराेना कहर: विदेशी नागरिकलाई जापान प्रवेशमा फेरि प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । जापान सरकारले बिदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ।

    नयाँ कोरोना भाइरस फैलने जोखिम बढेको भन्दै जापान सरकारले आफ्नो देशमा बिदेशीहरुलाई आउन प्रतिबन्ध लगाउन लागेको हो।



    बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले सोमवारबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।



    जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापानटुडेले जनाएको छ।
    यो नियमबाट थाइल्यान्ड, भियातनाम, दक्षिण कोरिया र ताइवानलगायत १० देश भने प्रभावित हुने छैनन्। नेपालीहरुका लागि भने यो प्रतिबन्ध लागू हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार