Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद भवन नजिकैको सहभागितामार्ग सिल

    संसद भवन नजिकैको सहभागितामार्ग सिल

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । बानेश्वर सहभागीता मार्गमा बस्दै आएका कालिमाटी प्रहरी वृत्तका प्रहरी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखा परेपछि राजधानीको बानेश्वरस्थित सहभागितामार्ग क्षेत्र सिल गरिएको छ ।

    काठमाडौं महानगरपालिका वडा नं. १० स्थित सहभागितामार्गमा पारिजात स्कूल छेउमा डेरा गरि बस्ने कालीमाटीबृतमा कार्यरत नेपाल प्रहरीका सब( इन्स्पेक्टरमा कोरोनाको संक्रमण देखिएको र छेउ छाउको एरिया पनि प्रहरीले सिल गरेको हो ।



    सो क्षेत्र वरिपरी बसोबास गर्ने स्थानीयबासीको पनि परिक्षण गर्ने प्रहरीले जानकारी दिएको स्थानीय शिवलाल न्यौपानेले बताए ।



    बुधबार बिहान कोरोना संक्रमण देखिएका कालीमाटी प्रहरीका असई डेरामा बस्ने भएकोले उक्त क्षेत्र सिल गरिएको हो ।

    यसअघि रामेछाप घर भइ मैतीदेवी डेरा बस्दै गरेका एक युवकमा कोरोना संक्रमण देखा परेपछि राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार