Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काेराेना अपडेट: देशभर १ लाख साढे १७ हजारकाे नमूना परीक्षण

काठमाडाैँ । नेपालमा हालसम्म कोरोनाको आशंकामा १ लाख १७ हजार ४ सय ३१ जनाकाे नमूनाको परीक्षण गरिएकाे छ। लमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३८ हजार ७ सय ३६ जनाको पिसिआर र ७८ हजार ६ सय ९५ जनाको आरडिटिबाट परीक्षण भएको हो।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको नमूना परीक्षण भएको हाे। ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटिबाट गरी ७ हजार ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने मृतकको संख्या तीन पुगेको छ। संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन्। बिहिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना उपचारपछि डिस्जार्च भएका छन्। यो सँगै नेपालमा डिस्जार्च हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ। मुलुकभर हाल २५ हजार ३० जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077